Loading...
 

क्लब निर्माण - हामी कसरी मद्दत गर्न सक्दछौं

 

अगोरा स्पीकर्स समुदाय र एगोरा स्पीकर्स इन्टरनेशनलले तपाईंलाई विभिन्न तरिकाबाट क्लब सुरु गर्न मद्दत गर्न सक्छ:

  • शिक्षण मार्गलाई गहिराइमा बुझेका व्यक्तिबाट सल्लाह र सुझावहरू, बैठक स्थल सम्बन्धि सुझावहरू सहित।
  • शैक्षिक सामग्रीहरू ।
  • सदस्यहरूलाई अनलाइन प्रशिक्षण
  • प्रश्नाेत्तर सत्रहरू
  • वेबसाइट होस्टिंग
  • टेम्पलेट्स, लोगो, ब्यानर र स्टेशनरीहरूका डिजाइन।
  • तपाईं स्थानीय रूपमा सबै सामग्री उत्पादन गर्न सक्नुहुन्छ। केन्द्रीय स्थानबाट सामान किन्नु आवश्यक छैन।
  • औपचारिक समर्थन- हामी तपाइँको गतिविधि शैक्षिक, नाफारहित, र एक विश्वव्यापी फाउन्डेसन सम्बद्ध छ भनेर प्रमाणित गर्न तपाइँद्वारा तोकिएका अधिकारिहरुलाई सहयोगका आधिकारिक पत्र पठाउन सक्दछौं।
  • यदि यो तपाइँको शहरमा पहिलो क्लब हो भने तपाइँको क्लब वा कार्यक्रम लक्षित प्रचार प्रसार गर्न।

यद्यपि, कृपया ध्यान दिनुहोस् कि क्लबहरू स्थानीय, स्वतन्त्र संस्था हुन् र स्थानीय सदस्यहरूको फाइदाको लागि स्थानीय स्वयंसेवकहरूको नेतृत्वमा सञ्चालन हुन्छन् । यस्ताेमा, Agora Speakers International ले तपाँइलाइ निम्न विषयमा सहयाेग गर्न सक्दैन:

  • काेष ( पैसा)
  • कुनै पनि प्रकारको नि: शुल्क भौतिक वस्तुहरू।
  • स्थानीय नियमहरूको पालना।
  • बीमा, यदि आवश्यक छ भने।
  • बैठक स्थल खोज्नका लागि, वा स्थानीय स्थल मालिकहरूसँग कुराकानी गर्न।

Contributors to this page: puspa.khanal and agora .
Page last modified on Saturday March 20, 2021 06:20:34 CET by puspa.khanal.