Loading...
 

क्लबको उद्देश्य

 

 

Koka Prasad, leading the Vikasha Orators club
कोका प्रसाद, विकास ओरेटर क्लबको नेतृत्व गर्दै

अगोरा स्पिकर्स क्लबहरूले सहयोगी र मैत्री वातावरण प्रदान गर्दछ जहाँ सदस्यहरूले सार्वजनिक बोली र नेतृत्वको आधारभूत सीप सिक्न र अभ्यास गर्न सक्दछन्। त्यहाँ तपाईले स्वागतमूलक वातावरण मात्र पाउनुहुनेछैन जसले अभ्यासलाई प्रोत्साहित गर्दछ, त्याे भन्दा बाहेक तपाई त्यस्तो समुदायको हिस्सा पनि हुनुहुनेछ जसले तपाईलाई आफ्नो परियोजनाहरु, अनुभव साझेदारी गर्न र तपाईले सुधार गर्न सक्ने तरिकाहरुमा बहुमूल्य प्रतिक्रिया प्रदान गर्न सहयोग पुर्‍याउँछ। तपाईले एक सल्लाहकार पनि पाउन सक्नुहुन्छ जसले आधारभूत मार्गको पहिलो परियाेजनाहरूमा तपाईलाई प्रगति गर्नका लागि मार्गदर्शन गर्दछ।

एक एगोरा स्पिकर क्लबमा कुनै "विशेषज्ञ" वा "शिक्षक" हुदैनन् (र क्लब बैठकहरू - सामान्यतया - "सेमिनार" वा "वर्कशप" हुँदैन) - सबैजना आफ्नो शिक्षण प्रक्रियाका लागि त्यहाँ हुन्छन्, सबैजना तपाईंको साथी र तपाईंको बराबर हो सबैजनासँग केही कुरा सिक्नु पर्छ र सुधार गर्नु पर्छ ।

तपाईं क्लबहरूलाई "स्यान्डबक्स" को रूपमा हेर्न सक्नुहुन्छ जहाँ तपाईं आफ्नो घबराहट, स्टेज डराबाला, वा आफ्नो लजाईलाई हटाउन ठाउँ नियन्त्रण गर्न सिक्न सक्नुहुन्छ। धेरै व्यक्तिले विशिष्ट स्पीचहरू अभ्यास गर्नको लागि क्लबहरू पनि प्रयोग गर्छन् - टोस्ट भाषणबाट उत्तम भाषण दिनका लागी जुन उनीहरूले कहिँ सम्मेलनहरूमा सामान्य बैठक प्रस्तुतिकरण पनि प्रस्तुत गर्न चाहन्छन्, सम्मेलनहरूमा सामान्य बैठक प्रस्तुतिकरणबाट मुख्य भाषणहरूकाे तयारी गर्न आउँछन्।

 

क्लबहरू कानुनी रूपमा स्वतन्त्र निकायहरू छन्, एगोरा स्पिकर इन्टरनेसनलबाट अलग तर यससँग आबद्ध भएका हुन्छन्। त्यस्तै रूपमा, हामी विश्वभरका सदस्यहरूको लागि एक समान अनुभव सुनिश्चित गर्न उनीहरू बीचको सन्तुलन कायम गर्ने प्रयास गर्दछौं जुन उनीहरू क्लबमा उपस्थित भएता पनि तर त्यही समयमा क्लबहरूलाई स्वतन्त्रता र स्वायत्तता दिएर उनीहरूलाई व्यवस्थित गर्न, रचनात्मक बन्न सम्पूर्णको फाइदाको लागि नवीन संगठनकाे तयारी गर्न चाहान्छाैं ।

क्लब बैठकहरु

क्लबहरू अंग्रजी वा अन्य धेरै भाषाहरूमा भेट्न सक्छन्, र केही क्लबहरू द्विभाषी हुन सक्छन्। यद्यपि अगाेरा स्पिकरहरूको अंग्रेजी "आधिकारिक" कार्य गर्ने भाषा हो, तर हामी सकेसम्म धेरै व्यक्तिहरूसम्म पुग्न स्थानीय भाषाहरू प्रयोग गर्न क्लब र समूहहरूलाई सक्रिय रूपमा प्रोत्साहित गर्दछौं। वास्तवमा तपाईले देख्न सक्नुहुन्छ कि केही व्यक्तिहरू कुनै विशेष भाषाको नियन्त्रणमा सुधार गर्न क्लबहरूमा आउँदछन्।

एक क्लब शारीरिक, भर्चुअल, वा दुबैको संयोजन भेट्न सक्छन् । सबैभन्दा ठूलो शैक्षिक लाभ शारीरिक बैठकहरुमा हुन्छ, र वास्तवमा, हाम्रो शैक्षिक कार्यक्रम को कम्तिमा यो पूरा गर्न को लागी केहि शारीरिक बैठकहरुमा उपस्थित हुनु नै पर्छ।

क्लब बैठक एक सामाजिक सुधारित गतिविधि होइन जहाँ सदस्यहरू मात्र भेट्छन् र कुरा गर्छन् तर एक विशिष्ट एजेन्डाको साथ होशियारीपूर्वक योजना गरिएको काम हो र बैठक नेताद्वारा सञ्चालन गरिन्छ (जुन एक स्वयंसेवी भूमिका हो जुन  एक बैठकपिच्छे परिवर्तन हुन्छ)।बैठकमा तपाईले फरक "सेक्सन" वा "गतिविधि" देख्नु हुनेछ, जस्तै "आज हामी यात्रा गर्छाैं", "जल्दाे बल्दाे प्रश्नहरू", "तयार गरिएका भाषणहरू", आदि ।:

 

Meeting Sections

 

त्यहाँ शाब्दिक रूपमानै दर्जनौं सम्भावित गतिविधिहरू छन् जुन क्लब बैठकमा हुन सक्दछ, र ती बढ्दै जान्छन्। हामीसँग त्यकाे  सम्पूर्ण सूचीकाेलागि छुट्टै अध्याय छ ।  प्रत्येक गतिविधिले एक अलग कौशलकाे अलग सेटमा प्रशिक्षित गर्दछ। यहाँ हाल परिभाषित गरिएका केहि गतिविधिहरूको सारांश छ:

 

Activities

 

 

कसले के गतिविधि गर्छ? त्यो सदस्यहरू आफैंले निर्णय लिन्छन्, उनीहरूले बैठकहरूमा भूमिकाका लागि स्वयम्सेवा गर्छन्, उनीहरूको रूचि र सीपहरू अनुसारका गतिविधि जुन उनीहरू सिक्न चाहन्छन् वा अभ्यास गर्न चाहन्छन्।

क्लबहरूले धेरै अन्य गतिविधिहरू पनि व्यवस्थित गर्दछन्, जस्तै पार्टीहरू, प्रतियोगिताहरू, नेतृत्व कार्यक्रमहरू, पार्टीहरू, र अन्य धेरै।

 

समय र मूल्यांकन

सामान्यतया, बैठकहरू १ र २ घण्टाको बीचमा रहन्छ, यद्यपि हामीले केही क्लबहरूमा ४ घण्टा लामो बैठकहरू भएकाे पनि देखेका छाैं।

सबै गतिविधिहरूमा निश्चित समयको कडा मात्रा राखिन्छ - एक व्यक्ति केवल स्टेज लिन र चार घण्टा भाषण दिन सक्दैन।  प्रत्येक गतिविधिको लागि त्यहाँ न्यूनतम र अधिकतम अवधि हुन्छ, र त्यो एजेन्डामा तोकिन्छ:

 

 

Agenda Timing

 

 

सिक्न र सुधार गर्न, गतिविधिको सामान्य मूल्यांकन मापदण्डको आधारमा प्रत्येक सहभागीले उसको प्रदर्शनको बारेमा प्रतिक्रिया प्राप्त गर्दछ। थप रूपमा, सदस्यहरू र पाहुनाहरूले आफ्नै सामान्य प्रतिक्रिया प्रदान गर्न सक्दछन्।

 

Evaluation

 

गतिविधि प्रकारहरू

पहिले वर्णन गरिएझैं क्लब बैठकमा धेरै प्रकारका गतिविधिहरू हुन सक्छन्।

यी गतिविधिहरू (जस्तै जल्दाे बल्दाे प्रश्नहरू, दिनकोलागि विचार, आदि) का प्राय जसो समान संरचना र शैक्षिक लक्ष्यहरू हुन्छन्। यद्यपि उनीहरूले सामग्रीमा परिवर्तन गर्छन् (स्पष्ट रूपमा सबैले जहिले पनि एकै कुराको बारेमा कुरा गर्दैनन् दिनको विचार अनुभागमा), तर उद्देश्य परिवर्तन हुँदैन।

तयारी भाषण गतिविधिको साथ त्यस्तो हुँदैन। प्रत्येक तयारी भाषण एक परियोजना हो जुन अनुक्रमको एक हिस्सा हो जसले शैक्षिक मार्ग बनाउँदछ। प्रत्येक परियोजनाको ठोस लक्ष्यहरू हुन्छन् जुन परियोजना देखि परियोजनामा फरक हुन्छ। उदाहरणको लागी, एक परियोजना भोकल विविधताको बारेमा हुन सक्छ, अर्को दृश्य सहायताको बारेमा, र अर्को भावना प्रयोगको बारेमा। अधिक विस्तृत विवरणकोलागि शैक्षिक कार्यक्रम सिंहावलोकन जाँच गर्नुहाेस् ।

 

 


Contributors to this page: agora and puspa.khanal .
Page last modified on Monday August 30, 2021 01:07:16 CEST by agora.