आधारभूत शैक्षिक मार्गले तीन समूहमा आयोजना गरिएको १६ वटा परियाेजनाहरू समावेश गर्दछ जुन तपाईंलाई सार्वजनिक बोलीको लागि आवश्यक आधारभूत सीपहरू सिकाउँछ। no frame प्रत्येक परियोजनासँग प्रयोग गर्न सकिने वस्तुहरूमा विशिष्ट समय सीमा, लक्ष्य, प्रतिबन्धहरू हुन्छन् (श्रव्य दृश्य सामाग्री, लेक्टेर्न, आदि…), र भाषण विषयहरू पनि हुन्छन्। यी परियोजनाहरु क्रमवद्द रूपमा पूरा गर्नु पर्छ। सामान्यमा, तपाईले मनपर्ने कुराको बारेमा कुरा गर्न सक्नुहुन्छ, सार्वजनिक बोल्नु बाहेक। यसको मतलव, उदाहरण को लागी, कि परियोजना ११ ("भोकल विविधता") को लागी, तपाई भोकल विविधताका बारे एक भाषण गर्न सक्नुहुन्न। यस प्रतिबन्धको लक्ष्य तपाईंलाई यो महसुस गर्न मद्दत पुर्याउनु हो कि सबै प्रविधिहरू (शरीर भाषा, भोकल विविधता, हास्य, आदि…) केवल केन्द्रीय सन्देशको समर्थनमा उपकरणहरू हुन्, तर ती केन्द्रीय सन्देश आफैं हाेइनन्। अधिक जानकारीका लागि "भाषण सामग्री" सम्बन्धि याे लेख हेर्नुहाेस् जसमा कस्ता किसिमका विषय वस्तु ठिक छन् भनेर बताइएकाे छ । प्रत्येक परियोजनाको एक विशिष्ट मूल्यांकन स्कोरकार्ड हुन्छ जुन भाषण मूल्यांनकर्ताले भर्नु पर्छ। यी स्कोरकार्डहरू प्रत्येक परियोजनाको लागि पृष्ठको तल फेला पारिन्छ। एकचोटि तपाईंले आधारभूत शैक्षिक मार्ग पूरा गर्नुहुन्छ, तपाईं सम्बन्धित प्रमाणपत्र र ब्याज प्राप्त गर्नुहुनेछ ।